एक किलो यार्सागुम्बासहित तीन पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एक किलो यार्सागुम्बासहित तीन पक्राउ


११ असार २०७५, सोमबार


काठमाडौं । प्रहरीले यार्सागुम्बासहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोट, तिलागुफा नगरपालिका–३ घर भई काठमाडौं क्षेत्रपाटी बस्ने ३४ वर्षीय राज हमाल, कैलाली, टीकापुर नगरपालिका–१ घर भई काठमाडौं काँडाघारी बस्ने ४० वर्षीय नरिलाल कोइराला र जुम्ला, सिँजा घर भई काठमाडौं नयाँ बसपार्क बस्ने ३८ वर्षीय दानबहादुर रोकाया छन् ।

उनीहरूलाई अवैधरूपमा विक्री वितरणका लागि बोकेर हिँडिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस