लहान नगपालिकाको बजेट एक अर्ब ३५ करोड « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लहान नगपालिकाको बजेट एक अर्ब ३५ करोड


११ असार २०७५, सोमबार


लहान । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि एक अर्ब ३५ करोड २५ हजार बजेट सर्वसम्मतले पारित गरेको छ ।

दोस्रो नगरसभामा नगरप्रमुख मुनी साहले बजेट प्रस्तुत गरका थिए । करीब दुई लाख जनसंख्या रहेको लहान नगरपालिकाको समृद्धि र विकासका लागि प्रदेश र केन्द्र सरकारले बजेट विनियोजन गर्दा ध्यान दिनुपर्ने साहले बताए।

नगरसभाको आइतबार कानूनमन्त्री शेरबहादुर तामाङले उद्घाटन गरेका थिए । कार्यक्रममा सांसदहरु प्रदीप गिरी, लीलानाथ श्रेष्ठ, सरिता गिरी तथा प्रदेशसभा सदस्यद्वय ललगलाल चौधरी र अशोककुमार यादव, नेकपाका केन्द्रीय सदस्य गंगाप्रसाद यादवलगायतले दलीय अडान र दृष्टिकोण परिवर्तन गरी साझा धारणा बनाएर सेवाको भावले काम गरेमात्रै सुन्दर र समृद्ध लहान निर्माण गर्न सकिने बताए ।

यसैगरी सखुवानन्कारकटी गाउँपालिकाले नमूना गाउँपालिका बनाउने भन्दै आगामी आवका लागि ११ करोड ८९ लाख ६५ हजार बजेट सार्वजनिक गरेको छ । विकास महसुस गर्ने गरी बजेट विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष केदारनाथ यादवले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस