विभागीय मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विभागीय मन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगित


११ असार २०७५, सोमबार


प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री उपस्थित नभएपछि संसद् बैठक स्थगित गरिएको छ ।

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल गरिने कार्यसूची रहेको थियो ।

बैठकमा विनियोजन विधेयक २०७५ को विभिन्न शीषकमाथि जारी छलफलमा नेपाली काँग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले गृहमन्त्रीको उपस्थिति नभएको भन्दै नियमापत्ति गरका थिए ।

लगत्तै काँग्रेसका सबै सांसद उठेर सम्बन्धित मन्त्रालयको छलफल हुँदा मन्त्री उपस्थित हुनुपर्ने माग गरेका थिए । सभामुख कृष्णबहादुर महराको पटकपटकको आग्रहपछि पनि काँग्रेसका सांसदले आसन ग्रहण नगरेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस