२०७५/७६ लागि काठमाडौं महानगरको बजेट विनियोजन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२०७५/७६ लागि काठमाडौं महानगरको बजेट विनियोजन


१० असार २०७५, आइतबार


काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि १३ अर्ब २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले आज आयोजित नगरसभामा उक्त बजेट पेस गरेका हुन् ।

महानगरले आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक आयबाट ४ अर्ब ९० करोड २१ लाख र बाह्य स्रोतबाट ५ अर्ब १९ करोड र अन्य स्रोतबाट १ अर्ब ४ करोड रुपैयाँ गरी उक्त आकारको बजेट ल्याएको हो।

प्रतिक्रिया दिनुहोस