विदेश गएको मौका छोपि सचिवको सरुवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

विदेश गएको मौका छोपि सचिवको सरुवा


१० असार २०७५, आइतबार


काठमाडौं । नेपालको कर्मचारीतन्त्रमा सरुवा, बढुवा लगाएत कर्मचारी खटनपटन गर्ने सवालमा कुनै ठोस र वैज्ञानिक आधारबाट गरिँदैन । चाकडी, चाप्लुसी र शक्तिको भरमा जसले जहाँ सक्यो त्यही जाने र जे सक्यो त्यही गर्ने परम्परा नौलो होइन, त्यही परम्परा खानेपानी मन्त्रालयमा दोहोरिएको छ ।

खानेपानी मन्त्रालयका सचिव कृष्णराज बीसी खानेपानी विषयक एक कार्यक्रममा सहभागी हुन ताजकिस्तान रहेका बेला गजेन्द्र कुमार ठाकुरलाई पुनः खानेपानी मन्त्रालयमा सरुवा गरिएको छ ।

यसअघि खानेपानी मन्त्रालयमै रहेका विवादित छविका सचिव ठाकुरलाई पुनः खानेपानीमै ल्याइनुलाई ठूलै खेल भएको कर्मचारी वृत्तमा गाईगुई छ । केही समय अघि मात्रै सचिव ठाकुरलाई खानेपानीबाट विज्ञान मन्त्रालयमा र विज्ञानका बीसीलाई खानेपानी मन्त्रालयमा सरुवा गरिएको थियो । अहिले फेरी बीसीको ठाउँमा ठाकुरलाई नै ल्याइएको छ भने बीसीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको जनाइएको छ ।

बिदेशको कार्यक्रम सकेर फर्किदा आफ्नो ठाउँमा अर्कै सचिवले जिम्मेवारी सम्हालेपछि सचिव बीसी असन्तुष्ट हुँदै बिदामा बसेका छन् ।

विवादित छविका सचिव ठाकुर सिँचाई मन्त्रालयमा हुँदा घुस लिएर कर्मचारी सरुवा गरेको भन्दै कर्मचारीले आन्दोलन नै गरेका थिए ।

प्रतिक्रिया दिनुहोस