२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफूलाई मेजर बताउने एक व्यक्ति ब्राउन सुगरसहित पक्राउ

अ+ अ-

नेपालगञ्ज । आफूलाई नेपाली सेनाका सेनानी (मेजर) बताउने एक जना लागूऔषधसहित पक्राउ परेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरीस्थित ए वान कटेजबाट धिरेन्द्र शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

उनीसँगै रेमबहादुर पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई ब्राउन सुगर प्रयोग गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए । उनीहरूबाट ५४ ग्राम ब्राउन सुगर बरामद् गरिएको प्रहरीले जनाएको छ ।

‘पक्राउ पर्ने क्रममा उहाँ (धिरेन्द्र शाही)ले मेजर भएको बताए पनि अहिलेसम्म मेजर पुष्टि गर्ने कागजपत्र पेश गर्नुभएको छैन,’ प्रहरी निरीक्षक विष्टले भने, ‘बयानपछि यो कुरा निस्केला ।’ अहिले यसबारे बयान सुरु नभएको उनले बताए ।

पक्राउ परेका दुवै जनालाई लागूऔषध मुद्दामा अदालतबाट थुनामा राख्न म्याद लिइएको प्रहरी निरीक्षक बिष्टले बताए ।

तर, नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले पक्राउ परेको खबर आए पनि पुष्ट्याइ नभएको बताए ।