आफूलाई मेजर बताउने एक व्यक्ति ब्राउन सुगरसहित पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आफूलाई मेजर बताउने एक व्यक्ति ब्राउन सुगरसहित पक्राउ


१० असार २०७५, आइतबार


pakrau

नेपालगञ्ज । आफूलाई नेपाली सेनाका सेनानी (मेजर) बताउने एक जना लागूऔषधसहित पक्राउ परेका छन् । बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरीस्थित ए वान कटेजबाट धिरेन्द्र शाही पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

उनीसँगै रेमबहादुर पौडेललाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई ब्राउन सुगर प्रयोग गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक रणबहादुर विष्टले जानकारी दिए । उनीहरूबाट ५४ ग्राम ब्राउन सुगर बरामद् गरिएको प्रहरीले जनाएको छ ।

‘पक्राउ पर्ने क्रममा उहाँ (धिरेन्द्र शाही)ले मेजर भएको बताए पनि अहिलेसम्म मेजर पुष्टि गर्ने कागजपत्र पेश गर्नुभएको छैन,’ प्रहरी निरीक्षक विष्टले भने, ‘बयानपछि यो कुरा निस्केला ।’ अहिले यसबारे बयान सुरु नभएको उनले बताए ।

पक्राउ परेका दुवै जनालाई लागूऔषध मुद्दामा अदालतबाट थुनामा राख्न म्याद लिइएको प्रहरी निरीक्षक बिष्टले बताए ।

तर, नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले पक्राउ परेको खबर आए पनि पुष्ट्याइ नभएको बताए ।

प्रतिक्रिया दिनुहोस