मेलम्ची खानेपानी आयोजनाको म्याद तीन महिना थपियो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मेलम्ची खानेपानी आयोजनाको म्याद तीन महिना थपियो


१० असार २०७५, आइतबार


melamchi-tunnel_karyadal

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको म्याद तीन महिना थपिएको छ । दशै अगाडि नै खानेपानी ल्याउने गरी काम सुरु गर्ने गरी सरकारसँग तीन महिना म्याद थप गर्ने सहमती भएको छ ।

इटालियन ठेकेदार कम्पनी सीएमसी दि रेभेनाको उच्चस्तरीय प्रतिनिधि र खानेपानी मन्त्रालयबीच शुक्रबार उक्त सम्झौता भएको हो । नयाँ सहमतिपछि अनुसार भदौ मसान्तसम्म निर्माणको काम सक्नु पर्ने छ । दशैअघि काठमाडौंमा पानी झार्ने गरी निर्माण कार्य अगाडि बढाउने सम्झौता भएको बताइएको छ ।

इटालीमा रहेको मुख्यालयबाट कम्पनीका बोर्ड अफ डाइरेक्टरका प्रतिनिधिको नेतृत्वमा उच्चस्तरको टोली छलफलका लागि नेपाल आएको थियो । दुई दिनसम्म चलेको छलफमा एक–अर्काको तर्फबाट आयोजनाको अवस्थाको बारेमा कार्यप्रगतीको प्रस्तुतिकरण भएको थियो भने संयूक्त रुपमा आयोजनाको स्थलगत अनुगमन पनि भएको थियो ।

निर्माण कम्पनी र सरकारबीच भएको सहमतिबारे जानकारी दिन सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरिदैछ ।

प्रतिक्रिया दिनुहोस