चार विद्यालयमा मैथिली शिक्षा शुरु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चार विद्यालयमा मैथिली शिक्षा शुरु


१० असार २०७५, आइतबार


गौशाला । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले महोत्तरी जिल्लाको चार वटा विद्यालयमा मातृभाषा मैथिली शिक्षाको शुभारम्भ गरेका छन्।

शनिवार मन्त्री पोखरेलले श्री माध्यमिक विद्यालय बखरीभाठ, श्री जिवन माध्यम आधारभूत विद्यालय अंकार, श्री राष्ट्रिय आधारभूत विद्यालय बेला र श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय महादेवपट्टिमा मातृभाषा मैथिली शिक्षाको शुभारम्भ गरेका हुन् ।

मन्त्री पोखरेलले ती चारवटै विद्यालयमा विद्यार्थीको लागि १०० पूर्णाङ्कको मातृभाषाको मैथिली शिक्षा लागु भएको घोषणा गर्नुहुँदै सबै विद्यालयमा मैथिली शिक्षाको किताब समेत बाँडेका थिए ।

ती चारवटै विद्यालयको प्राथमिक तहमा अहिले मातृभाषा शिक्षाको रुपमा मैथिली शिक्षा लागू गरिएको भएपनि विस्तारै प्रत्येक तहमा मैथिली शिक्षा लागू हुने मन्त्री पोखरेलले बताए । रासस

प्रतिक्रिया दिनुहोस