२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घर दैलोमा सेवा, सुशासनमा टेवा अभियान शुरु

अ+ अ-

बागलुङ । एकीकृत घुम्ती सेवा शिविरमार्फत बागलुङमा ५८७ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बागलुङले शुरु गरेको ‘घर दैलोमा सेवा, सुशासनमा टेवा’ अभियानबाट ग्रामीण भेगका ५८७ जनाले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका हुन् ।

सो कार्यालयले दुई साताको अवधिमा जिल्लाका विभिन्न चार ठाउँमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरेका हुन् । तीमध्ये तमानखोला गाउँपालिकामा ७० जना, गलकोट नगरपालिका–११ रिघामा ८३ जना र वडा नं. ३ हटियामा २६८ जनालाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो ।

यसैगरी असार ४ गते जैमिनी नगरपालिका–७ बेलबगरमा सञ्चालित शिविरबाट १३९ जनाले नेपाली नागरिकताका प्रमाणपत्र प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

सो कार्यालयका अनुसार, सञ्चालित शिविरमध्ये तमानखोलाबाट १८, गलकोट रिघाबाट छ, हटियाबाट २८, बेलबगरबाट २१ गरी कुल ७३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ ।

त्यस्तै, जिल्ला जनस्वास्थ्य कार्यालय र नेपाली सेनाको २३ नं. बाहिनी अड्डाको सहकार्यमा तमानखोला सञ्चालित उक्त शिविरबाट १७० जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेको बताइएको छ ।

शिविरबाट तमानखोला गाउँपालिका–५ का ७२ वर्षीय चित्रे कामीले पहिलोपटक नेपाली नागरिकताको प्रमाणपत्र पाउँदा अत्यन्त हर्षित भएका थिए । यसअघि नागरिकताको अभावमा कामीले सामाजिक सुरक्षा भत्ता पाउनबाट पनि वञ्चित थिए ।

विभिन्न कारणले सार्वजनिक सेवालाई अझ बढी सहज, सरल र घर दैलोमा पु¥याउने उद्देश्यले एकिकृत घुम्ती सेवा शिविर सञ्चालन गरिएको नागरिकता पाएको प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले बताए ।

विशेषगरी नेपाली नागरिकताको प्रमाणपत्र र अपाङ्गता परिचयपत्र बनाउन सदरमुकाम धाउनुपर्ने बाध्यता रहेका सर्वसाधारणलाई शिविरबाट ठूलो राहत मिलेको छ, उनले भने, “सुशासन प्रवर्द्धन र नागरिकलाई सहज रुपमा सार्वजनिक सेवा सुविधा प्रदान गर्न घुम्ती शिविर सञ्चालन गरेका छौं ।”

प्रजिअ खरेलका अनुसार जिल्लाका अन्य दुर्गम ठाउँमा पनि यस्ता शिविर सञ्चालन गर्ने योजना कार्यालयको छ । घर दैलोमै सार्वजनिक सेवा पाउँदा गाउँले पनि खुशी भएका छन् ।

वर्षौंसम्म नागरिकता र अपाङ्गता परिचयपत्र नहुँदा सरकारी सेवा र सम्मान पाउनबाट वञ्चित नागरिकलाई एकीकृत घुम्ती शिविर बढी लाभदायक बनेको छ । रासस