२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मापदण्ड विपरीत सडक ग्राभेल हुँदा स्थानीयको आपत्ति

अ+ अ-

मोरङ । मोरङ उर्लाबारी–६ स्थित चन्द्रमा चोकदेखि डिपु मार्गसम्मको सडकमा मापदण्ड विपरीत गरेको ग्राभेलप्रति स्थानीयवासीले आपत्ति जनाएका छन् ।

उर्लाबारी नगरपालिकाको सहयोग र उपभोक्ताबाट प्रतिफिट ३० का दरले रकम उठाएर गरिएको ग्राभेल मापदण्ड विपरीत भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

चार सय १७ मिटर लम्बाइको सडक ग्राभेलका लागि नगरपालिकाबाट तीन लाख विनियोजन भएको थियो । उक्त कार्यका लागि उर्लाबारी–४ आइतबारेका प्रेम याख्याले ठेक्का पाएका थिए । मापदण्ड विपरीत सडक ग्राभेल गरेर ठेकेदारले नगरपालिकाबाट भुक्तानी लिइसकेको आरोप स्थानीय गणेश दाहालको छ ।

उनले भने– “छ इन्च मोटाइको ग्राभेल गर्ने भनेर मापदण्ड निर्धारण गरिएको छ तर कतै दुई इन्च, त कतै तीन इन्च मोटाइमा ग्राभेल भएको छ, यसवारे नगरपालिकामा पटक पटक जानकारी गराउँदासमेत कुनै सुनुवाइ भएन् ।”

सामान्य मापदण्डसमेत पूरा नगरी ग्राभेल गरिएको उर्लाबारी–६ का अमृत तामाङको गुनासो छ । ‘सडक ग्राभेल गरेको स्थानमा कतै झार उम्रेको छ’ उनले भने–“नियमक निकाय किन आँखा चिम्लेर बसेको छ ?।”

मापदण्ड अनुसार सडक ग्राभेल भए वा नभएको विषयमा इन्जिनियरले अनुगमन नै नगरी हचुवाको भुक्तानीका लागि सिफारिस गरेको सडक उपभोक्ता रामबहादुर तामाङले बताए ।

सडक अनुगमन समितिका संयोजक एवं उर्लाबारी वडा नं. ६ का सदस्य अम्बिका तामाङले मापदण्ड अनुसार नै सडक ग्राभेल भएको दाबी गरे । रासस