वडाध्यक्षले हतियार प्रहार गर्दा चार घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

वडाध्यक्षले हतियार प्रहार गर्दा चार घाइते


१० असार २०७५, आइतबार


रौतहट । बौधिमाई नगरपालिका– ७, का अध्यक्ष विजय कुशवाहाले धारिलो हतियार प्रहार गर्दा एकै परिवारका चार घाइते भएका छन् ।

स्थानीय पत्रकार अभिमनुकुमार पौडेलका अनुसार धारिलो हतियार प्रहारबाट शिव गोविन्द कुशवाहा, महानन्द कुशवाहा, रामेश्वर कुशवाहालगायत चार जना घाइते भएका हुन् । उनीहरूको टाउको र शरीरमा गम्भीर चोट लागेको छ ।

सडक विस्तारबारे विवाद हुँदा वडाध्यक्ष विजयले चार जनामाथि धारिलो हतियार प्रहार गरेको स्थानीयले बताएका छन् । ५० जनाको समूहमा आएका वडाध्यक्षले आफूहरूमाथि आक्रमण गरेको घाइते गोविन्दले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालयले भने वडाध्यक्ष र स्थानीयबीच झपड मात्रै भएको बताएको छ । झडपका क्रममा धारिलो हतियार प्रयोग नभएको प्रहरीको दाबी छ ।
वडाध्यक्ष नेकपा एमालेबाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस