सशस्त्र प्रहरी बल अब मदिरा निषेधित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सशस्त्र प्रहरी बल अब मदिरा निषेधित


१० असार २०७५, आइतबार


काठमाडौं । सशस्त्र प्रहरी बलले केन्द्रीय कार्यालय तथा मातहतका कार्यालयमा मदिराजन्य र सूर्तीजन्य पदार्थहरूको प्रयोग र बिक्री वितरणमा रोक लगाएको छ ।

सशस्त्र प्रहरी बलले केन्द्रीय तथा मातहतका निकायमा मदिराजन्य र सूर्तीजन्य पदार्थहरूको प्रयोग पूर्णरूपमा निषेध गर्न सर्कुलर जारी गरेको छ ।

मदिराजन्य पदार्थहरूको प्रयोग नगर्न/नगराउन सम्बन्धित कमाण्डरलाई निगरानी गर्न निर्देशन दिइएको छ । कुनै पनि कार्यालय वा मातहतमा मदिराजन्य पदार्थहरूको प्रयोग गरे÷गराएको पाइएमा सम्बन्धित कमाण्डरलाई नै कारबाही गरिनेसर्कुलरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस