२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको भ्रमणले तिब्बतसँगको ऐतिहासिक सम्बन्ध थप उचाइमा

अ+ अ-

चीन । छ दिने औपचारिक चीन भ्रमणका अवसरमा तिब्बत स्वायत्त क्षेत्रको राजधानी ल्हासामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले यहाँ रहेका नेपालीका गुनासो सुन्नुका साथै यहाँको कृषि क्षेत्रको विकासको अवलोकन गरे ।

त्यसका साथै प्रधानमन्त्री ओलीसँग तिब्बत जनसरकारका अध्यक्ष छिटालाले महत्वपूर्ण वार्ता गरे । उनीहरुबीच दुई सरकारबीच सहयोगका बारेमा महत्वपूर्ण विचार विमर्श भयो । यो वार्ता दुवै सरकारका लागि निकै महत्वपूर्ण मानिएको छ ।

ल्हासा झरेकै दिन प्रतिनिधिमण्डलस्तरीय वार्ता भयो भने त्यसको भोलिपल्ट शनिबार प्रधानमन्त्री ओली र अध्यक्ष छिटलाबीच महत्वपूर्ण वार्ता भयो । यो वार्ता नेपालको उत्तरी भूभाग १४१४ किलोमिटर क्षेत्र यसै तिब्बतसँग जोडिएकाले सीमा क्षेत्रका विविध विषयमा विचार विमर्श भएको बुझिएको छ ।

त्यसैगरी बेइजिङमा भएको यातायात प्रोटोकलसम्बन्धी सम्झौताका विषयमा पनि महत्वपूर्ण कुराकानी भएको प्रधानमन्त्रीले जानकारी दिए । उनले यस सम्झौताबाट नेपाल र नेपालीले व्यावहारिकरुपमा फाइदा उठाउन सक्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

तिब्बेतियन संस्कृतिको झाँकी र परम्परासहित प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विमानस्थल पुगेको सरकारका उपाध्यक्षले यहाँस्थित महावाणिज्य दूतावासले आयोजना गरेको रातिसम्मको कार्यक्रममा साथ छा्ड्नन्। प्रधानमन्त्री ओलीसँग उनी निकटमै रहेका थिए ।

प्रधानमन्त्री ओलीले यहाँका विश्वविद्यालयका प्राध्यापकसँग पनि भेटवार्ता गरी दुई सरकारबीचको सम्बन्ध र शैक्षिक क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल गरे ।

भ्रमणका क्रममा यहाँस्थित महावाणिज्य दूतावास पुगेर प्रधानमन्त्री ओलीले त्यहाँको वस्तुस्थितिको जानकारी लिए । यहाँ भएका समस्यालाई प्राथमिकताका आधारमा सम्बोधन गर्ने बताए।

महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले नेपालको सबैभन्दा पुरानो नियोगमध्येको ल्हासा वाणिज्य दूतावास भएको भन्दै तिब्बत सरकारसँग नेपालको मात्र नियोग रहेको जानकारीसमेत गराए।

पुस्तौँदेखि तिब्बतमा बस्दै आएको नेपालीले वाणिज्य दूतावास पुगेर आफ्ना गुनासासमेत राखे । उनीहरुले दुवै देशको नागरिकता नहुँदा घर न घाटको भएको भन्दै गुनासा राखे । उनीहरुले तिब्बतमा बसोबास तथा व्यापार गर्ने एकमात्र आधार रहेको १० वर्षे हस्तलिखित राहदानीलाई मेशिन रिडेवल पासपोर्ट (एमआरपी) बनाई दिन अनुरोध समेत गरे ।

नेपाली दुःख निवारण कोषका अध्यक्ष्य कुन्जो धार्के नेपालीले भने, सन् २०२० देखि हस्तलिखित पासपोर्ट चल्दैन, त्यसपछि हामीलाई समस्या हुन्छ, हामीसँग भएको १० वर्षे हस्तलिखित राजधानीलाई एमआरपी बनाई दिनुहोस् ।

तिब्बतमा हाल करीब १५० जना नेपाली यस्ता छन्, जसका बाबु आमामध्ये एक जना नेपाली र एकजना तिब्बती छन् । हालसम्म न नेपाली नागरिकता न चिनियाँ नागरिकता नै । यहाँ यस्ता नेपालीलाई खचरा पनि भनिन्छ ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले ल्हासाको छु सोइ काउन्टीमा रहेको चाइना नेसनल मोर्डन एग्रीकल्चर पाइलोट जोनको अवलोकन गरे । उनले त्यहाँको आधुनिक कृषि पद्धतिका विषयमा जानकारी लिए । त्यहाँका कृषकले उनलाई फार्समा उत्पादन गर्ने कृषिउपजबारे जानकारी गराएका थिए ।

त्यसलगत्तै उनले चिनियाँ कम्युनिष्ट पार्टीको प्रत्यक्ष निगरानीमा चलाइएको फोर सिजन ह्याप्पी भिलेजमा गएर करीब आधा घण्टा बिताए । उनले त्यस भिलेजमा बसोबास गर्ने जनता र सञ्चालन विधिबारे जानकारी समेत लिए ।

यो भिलेजमा घरबार नभएका र उच्च हिमाली क्षेत्रमा बस्ने तिब्बेतियन नागरिकलाई बसोबास र रोजगारीको व्यवस्था गरिएको छ । यस गाउँमा चीनको उच्च नेताले भ्रमण गर्दै आएका छन् ।

प्रधानमन्त्री ओली स्थानीय थिएटरमा सञ्चालन गरिएको नाटकको अवलोकन गरे । उक्त नाटकमा स्रोङक्रोङ गम्पोको विवाहको कथा वस्तु समेटिएको थियो । यसरी प्रधानमन्त्री ओलीको ल्हासा बसाईले नेपाल सरकार र तिब्बत सरकारबीचको द्विपक्षीय परम्परागत ,ऐतिहासिक, सांस्कृतिक तथा व्यावहारिक सम्बन्धलाई थप उचाइमा पु¥याएको छ । रासस