गजल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गजल


९ असार २०७५, शनिबार


छ रोगी व्यवस्था जरामा छ दाग,
कुनै छैन सबलांग सद्दे विभाग ।

खुबै जन्मिए ऐन यो देशमा झन्,
यहाँ न्याय खोजिन्छ बाली चिराख ।

यहीँ बन्छ, बन्दैछ प्रयोगशाला,
बिदेशी सुरिन्छन् लगाएर धाक ।

निकम्मा छ जोगी छ कानै चिरेको,
समातेर कुर्सी कता फाल्छ नाक ।

ठूले तान्छ लोती उठाएर औला,
कहाँ सोच्छ ठन्डा भुटेको दिमाग ।

जुठो चाट्न पल्के कुनै राष्ट्रघाती,
भितल्ला कुनै चोर दिन्छन् सुराक ।

प्रतिक्रिया दिनुहोस