डोटेली भाषा प्रशारणको १८ वर्ष « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

डोटेली भाषा प्रशारणको १८ वर्ष


८ असार २०७५, शुक्रबार


काठमाडौं । डोटेली भाषा प्रशारणले १८ वर्ष पुरा गरेको छ । २०५७ साल असार ९ गते (शुक्रबार) रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र सुर्खेतबाट पहिलो पटक डोटेली भाषाको समाचार प्रशारण भएको थियो ।

डोटेलीको सुरुवाति समाचार वाचक मुकुन्द भण्डारीका अनुसार आठ बजे बेलुकाको समयमा डोटेली भाषको समाचार प्रसारण हुने गर्थ्यो । भण्डारीले समाचारको रुपमा यो नै पहिलो पटक सञ्चारमाध्यमबाट प्रशारण भएको बताए । सुरुका दिनमा सुर्खेत प्रशारण केन्द्रबाट प्रशारण हुने गरेको डोटेली भाषाको समाचार र कार्यक्रमहरु विभिन्न घटनाक्रमहरुसँगै अहिले दिपायल प्रशारण केन्द्रबाट प्रशारण हुने गर्दछ ।

‘भाषालाई प्राथमिकता दिनुपर्छ, डोटेली भाषा भनेको सात नम्बर प्रदेश र कर्णाली प्रदेशका केही भूभाग बोलिने प्रमुख भाषा हो । यही भाषालाई नेपाली भाषाको जननी मानिन्छ’, डोटेली भाषाका जानकार एवम् डोटेली बृहत्त शब्दकोषका लेखक, आरडी प्रभात चटौतले भने, ‘जसरी अन्य भाषाहरुलाई प्राथमिकता दिइएको छ त्यसको तुलनामा यसलाई महत्व नदिइनु दुर्भायपूर्ण छ ।’ आइएसओ मान्यता पाइसकेको डोटेलीको संरणका लागि सरकारले ध्यान दिनुपर्ने उनले बताए । ‘डोटेली भाषमा राष्ट्रिय तथा अन्तर्राष्ट्रि रुपमै अनुसन्धान गरेका छन्’, उनले भने, ‘डोटेली भाषाम युरोपका नागरिक जोन पोलले पिएचडी गरेका छन् ।’ डोटेली भाषीको लागि असार ९ गते महत्वपूर्ण दिनको रुपमा रहेको उनले बताए ।

‘डोटेली भाषाको समाचार प्रशारण पछि स्रोताले औधी रुचाए’, डोटेली भााषाका समाचार बाचक धिरेन्द्र चटौतले भने, ‘स्रोताको त्यही ममताले उक्त समाचारले अहिलेसम्म निरन्तरता पाइरहेको छ ।’

स्रोताको चाहनालाई मध्यनजर गर्दै सोही महिनाको १७ गतेबाट डोटेली भाषाको समाचार मुलक कार्यक्रम ‘सेरोफेरो’ र २१ गतेबाट सांगीतिक कार्यक्रम ‘हजारीमाला’ संञ्चालनमा आएको थियो । हजारी माला कार्यक्रमले अहिलेसम्म पनि निरन्तरता पाइरहेको छ । जुन कार्यक्रम अहिलेसम्म पनि स्रोताको मन मस्तिस्कमा बस्न उत्तिकै सफल छ । तत्कालिन समयमा मुकुन्द भण्डारी, धिरेन्द्र चटौत र ओम जोशी लगायतको टोलीले ती कार्यक्रमको सुरुवात गरेका थिए ।

प्रतिक्रिया दिनुहोस