अनिल शाह बने नबिल बैंकको सिइओ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अनिल शाह बने नबिल बैंकको सिइओ


८ असार २०७५, शुक्रबार


काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनिल केशरी शाह नियुक्त भएका छन् । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले शाहलाई सिइओमा नियुक्त गरेको हो ।

शाह ८ वर्षपछि नबिल बैंकमै फर्किने भएका हुन् । यसअघि झण्डै १० बर्ष नबिल बैंकको सिइओको रुपमा शाहले काम गरिसकेका छन् । शाह नबिललाई नेपालकै नम्बर १ बैंक बनाउन सफल पनि भएका थिए ।

प्रतिक्रिया दिनुहोस