निर्माण कार्यमा संलग्न १३ मजदुर अपहरित, चार प्रहरीको हत्या « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

निर्माण कार्यमा संलग्न १३ मजदुर अपहरित, चार प्रहरीको हत्या


८ असार २०७५, शुक्रबार


अफगानिस्तान । अफगानिस्तानको कान्दाहार प्रान्तमा सडक निर्माण कार्यमा संलग्न १३ मजदुरको अपहरण भएको छ ।

अपहरणपछि पुगेका प्रहरी र आतङ्ककारीबीच जारी झडपको क्रममा चार प्रहरीले समेत ज्यान गुमाएका स्थानीय प्रहरीले शुक्रबार जानकारी दिएका छन् ।

कान्दाहार प्रान्तको दुर्गम इलाकामा पर्ने स्पिनबोल्दाक जिल्लाको सिरा सहान क्षेत्रमा सो घटना भएमो प्रान्तीय प्रहरी विभागद्वारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

सकड निर्माणकार्यमा संलग्न मजदुरको अपहरणपछि प्रहरी त्यस क्षेत्रमा पुगेका र यसपछि भएको झडपको क्रममा चार प्रहरीले ज्यान गुमाउनु परेको प्रहरी विभागबाट जारी विज्ञप्तिमा जनाइएको छ ।

अपहरणमा परेका मजदुरलाई मुक्त गराउने कोशिस जारी रहेको पनि जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

सुरुमा दिइएको एक समाचारमा १३ मजदुर र १९ सुरक्षाकर्मी अपहरण भएको बताइएको थियो । यस अपहरण र झपडको कुनै पनि समूहले जिम्मा लिएको छैन ।

तर पाकिस्तानको सीमा क्षेत्रमा रहेको यस जिल्लामा तालिबान आतङ्ककारीको बलियो उपस्थिति रहेकोले यस घटनामा पनि उनीहरुकै हाल रहेको हुनसक्ने बताइन्छ । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस