मूल्य बृद्धि बिरुद्ध नेविसंघद्वारा देशभरका आयल निगम घेराउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मूल्य बृद्धि बिरुद्ध नेविसंघद्वारा देशभरका आयल निगम घेराउ


८ असार २०७५, शुक्रबार


काठमाडौं । मूल्य बृद्धिको बिरुद्धमा देशव्यापी आन्दोलन थालेको नेपाल विद्यार्थी संघले देश भरका आयल निगम अगाडि घेराउ गरेको छ ।

नेपाल आयल निगम केन्द्रीय कार्यालय काठमाडौंको धर्ना सभालाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले केपी ओली नेतृत्वको सरकारले पटक–पटक गरेको मूल्य बृद्धिले जनताको ढाड सेक्ने काम गरेको बताए । उनले जनतालाई भ्रम छर्न समायोजनका नाममा लगातार पाँच पटक मूल्य बढाएर दुई रुपयाँ घटाउनु सरकारको नौटंकी भएको बताए ।

उनले पुरै महंगी तत्काल फिर्ता गर्न सरकारसँग माग गरे । तत्काल मूल्य बृद्धि फिर्ता नभए आन्दोलनलाई झनै कडा बनाइने र सडकबाटै जनताले ओली सकारको दिन गन्ति सुरु गर्ने अवस्थाको सिर्जना गरिने बताए ।

यस्तै नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाहीले १० गते सातै प्रदेशका मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाइने र १२ गते दश मिनेट आफ्नो सवारी रोकेर हरन बजाउँदै मूल्य बृद्धिको विरुद्धमा ओली सरकारको कान खोल्ने कार्यक्रम रहेको बताए । उनले भने यति गर्दा पनि सरकार आफुहरुका मागप्रति गम्भिर नबनी कानमा तेल हालेर बसे सुइकार्य हुने छैन ।

प्रतिक्रिया दिनुहोस