२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षा आवश्यक : महेन्द्रबहादुर शाही

अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गरिबी हटाउन र आर्थिक समृद्धिका लागि प्राविधिक शिक्षाको आवश्यकता रहेको बताएका छन् ।

एसओएस बालग्रामको आयोजनामा आज यहाँ भएको अन्तर्राष्ट्रिय एसओएस दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले मुलुकको गरिबी हटाउन र आर्थिक समृद्धि प्राप्त गर्न प्राविधिक शिक्षाको विकास हुनुपर्दछ भने ।

मुलुकको गरिबी हटाउन र आर्थिक समृद्धि प्राप्त गर्न प्राविधिक शिक्षाको जरुरी रहेको बताउँदै मुख्यमन्त्री शाहीले उत्पादन र श्रमसँग जोडिने शिक्षा प्रणालीको विकास गर्नुपर्ने बताए । वर्तमान शिक्षा प्रणालीमा आमूल परिवर्तनको आवश्यकता रहेको मुख्यमन्त्री शाहीको भनाइ छ ।

उनले वर्तमान शिक्षा प्रणालीको परिवर्तनसँगै शिक्षालाई श्रमसँग जोडेर लैजानुपर्ने धारणा राखे । शिक्षा आर्जन गरिसकेपछि श्रमबाट भाग्ने प्रवृत्तिको अन्त्यका लागि प्राविधिक शिक्षाको जरुरी रहेको उनले बताए।

सामाजिक, आर्थिक र सांस्कृतिक कारणले शिक्षा क्षेत्रबाट वञ्चित बालबालिकालाई शिक्षित गराउन एसओएस बालग्राम विद्यालयले महत्वपूर्ण भूमिका खेलेको बताउँदै मुख्यमन्त्री शाहीले प्रशंसा गरे । शैक्षिक क्षेत्रको विकासका लागि गैरसरकारी क्षेत्रको समेत ठूलो योगदान रहेको बताउँदै राम्रो काम गर्ने गैरसरकारी संस्थासँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री शाहीको भनाइ छ । रासस