२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचन र सरकार गठनपछी जनताले अब राहत पाउनुपर्छ : मुख्यमन्त्री राउत

अ+ अ-

पर्सा । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले तीन तहको निर्वाचन र सरकार गठनपछि जनताले राहत पाउनुपर्ने बताएका छन् ।

वीरगन्जको घन्टाघरमा आयोजित फोटो प्रदर्शनी कार्यक्रम बोल्दै मुख्यमन्त्री गद्दीले स्थानीय, प्रदेश र संघ मिलेर मुलकलाई समृद्ध बनाउन यस्ता कार्यक्रमहरूले थप बल मिल्ने बताएका थिए । तन्नेरी चासो र पिजे क्लब काठमाडौंले ‘हामी नबिर्सौं’ फोटो प्रदर्शनी आयोजना गरेका हुन् ।

फोटो प्रदर्शनीमा मुख्यमन्त्री लालबाबु राउत गद्दीले हामी जनताका हरेक दुःखमा अगाडि बढ्नुपर्ने यस कार्यक्रमले कर्तव्य बोध गराएको छ, जनताका सेवक भएर हामी जनताको सुख–दुःखमा हरपल अगाडि बढ्ने र ती प्राकृतिक प्रकोप, दुःखदायी पीडालगायत समस्यामा सरकार मल्हम लगाउने काम गर्ने धारणा राखेका थिए ।

फोटो प्रदर्शनी कार्यक्रममा मधेश आन्दोलन, नाका बन्दी, महाभूकम्प, बाढी पहिरो, दैनिकी अभाव, पेट्रोलियम पदार्थको हाहाकारलगायत संविधान निर्माण, स्थानीय, प्रदेश र सांसदको निर्वाचनलगायत जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुहरू राखिएको तन्नेरी चासोका संयोजक शिवानाथ यादवले बताए ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रदेश सांसद् तथा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले हामी विगतका यी समस्या अफ्ठयाराहरू केही नबिर्सेको बताएका थिए । उनले गणतन्त्र आएपछि अब भएका उपलब्धिहरूलाई समेटेर कसरी देश विकास भएर जाने, यससँगै अहिलेका सांसद, निर्वाचित जनप्रतिनिधिले के–कस्ता बाचा गरे र के–के गर्नुपर्छ भन्ने सन्देशहरूसमेत सञ्चारकर्मीहरूले प्रवाह गर्नुपर्ने धारणा राखेका थिए ।

यस्तै, प्रदेश सांसद् भीमा यादवले यी तस्बिरहरूले कर्तव्य बोध गराएको बताएकी छन् ।

उनले नाकाबन्दी, मधेस आन्दोलन, भूकम्पको तस्बिरले ती अतितलाई सम्झना दिलाएर प्राकृतिक प्रकोपजस्ता दुःखदायी घटनालाई न्युनीकरणका लागि लाग्नुपर्ने सन्देश प्रवाह गरेको बताएकी थिइन् ।

यस्तै, वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले फोटो प्रदर्शनीले विगतदेखि वर्तमानसम्म हुँदै आएको घटनाक्रमको अवस्थालाई चित्रित गरेको बताएकी थिइन् । यस कार्यक्रमले लुकाइएको इतिहासलाई फोटोमार्फत् सबैको सामुन्ने ल्याउने राम्रो प्रयास गरेको उनले बताएकी थिइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले विगतका दिनमा भएका घटनाक्रमहरूलाई सम्झाउन निम्ति गरेको यस फोटो प्रदर्शनी कार्यक्रमले विभिन्न पदमा रहेका व्यक्तिहरूलाई जिम्मेवार हुन प्रेरित गरेको बताएका थिए । उनले विशेष गरी स्थानीय जनप्रतिनिधिहरूले आफ्ना गाउँ–ठाउँ कसरी विकास गर्दै लानेतर्फ अगाडि बढ्नुपर्नेमा ध्यान केन्द्रित गर्नुपर्ने बताएका थिए ।

यस्तै नेविसंघका अध्यक्ष दिलिपराज कार्कीले युवाहरूले बगाएको रगत, चलाएको ढुंगा र बालेको टायरले देशमा परिवर्तन आएको हो । त्यसकारण देश विकास र सुशासनमा लागेका कर्मचारीहरू इमान्दार र कर्तव्य निष्ट भई दिन आग्रह गरेका थिए । यस कार्यक्रमले कसरी समाज परिवर्तन भएको एक घटनाक्रमलाई सम्झना दिलाएको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति फुलमहम्मद मिया, उद्योग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता, नेपाल फोटो पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष राम सरार्फ, जिल्ला युवा समिति पर्साका अध्यक्ष सन्तोष गुप्ता, मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्का, चेली कृषि साहकारी संस्था लिमिटेडकी कमला घिमिरे, कार्यक्रममा तन्नेरी चासोका नविन शिलवाल, दीपज्योति श्रेष्ठ, निलम पन्त, सन्ध्या पौडेल, कैलाश न्यौपाने, सुवाश श्रेष्ठ, आयुष श्रेष्ठलगायत उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण शिवनाथ यादवले गरेका थिए ।