२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिकिलो २० मा जडीबुटी निर्यात

अ+ अ-

काठमाडौैं । नेपालमा प्रशोधन केन्द्र र प्रविधिको विकास नभएको कारण नेपाली घरेलु उद्योगको सोचेअनुसार विकास हुन नसकेको नेपाल घरेलु तथा साना उद्योग महासंघले जनाएको छ ।

जडीबुटीको धनी नेपालमा जडीबुटीको प्रशोधन हुनसके प्रतिकिलो २० मा विदेश निर्यात हुने जडीबुटीबाट नेपालले पर्याप्त आर्थिक लाभ लिन सक्ने सम्भावना छ । त्यस्तै कर्णाली प्रदेशमा पाइने जेम्स स्टोन पनि नगन्य मूल्यमा विदेशमा जाने गरिएको सो महासंघले जनाएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले नेपाली उद्यमीले न्यून पूँजीबाट वस्तु उत्पादन गर्ने तथा पुरानो प्रविधिका र ठूलो संख्यामा वस्तु उत्पादन नहुने कारण नेपाली ग्राहकको आकर्षणमा कमी तथा वस्तु उत्पादनमा लागत बढी लाग्ने गरेको बताए ।

सुन्तला तथा जुनारको जुस उत्पादन भए पनि प्याकेजिंग तथा लेभलिंग हुँदैन । त्यस्तै तराईमा चुरा बनाउने उद्योग, शृंगारका सामान, ढाका टोपी, पाउरोटी, दूध, कपडा, हाते कागज, जुत्ता, कागजका सामान, हस्तकला तथा मूर्तिकलाजस्ता घरेलु तथा साना उद्योग सञ्चालनमा रहेको र ती वस्तु अमेरिका, चीन, जापान, भारत, बंगलादेश, पाकिस्तानसहित थुप्रै मुलुकमा निर्यात हुने र त्यसबाट सरकारलाई कूल राजस्वको ५० प्रतिशत कर बुझाउने गरिएको जानकारी उनले दिए ।

महासंघले दिएको जानकारीअनुसार नेपालको राष्ट्रिय अर्थतन्त्रमा कूल गार्हस्थ उत्पादनको ९० प्रतिशत औद्योगिक क्षेत्रको योगदान रहेको छ । त्यस्तै कूल राष्ट्रिय निर्यातको ७० प्रतिशत योगदान रहेको छ ।

अध्यक्ष सिंहले सानो स्केलमा सञ्चालन हुने लघु तथा घरेलु उद्योगबाट हरेक परिवारलाई पाँचदेखि १० जना सदस्यलाई रोजगारी दिने तथा विदेश पलायन हुने युवा शक्तिलाई रोकेको बताए ।

देशका ७७ जिल्लामा छरिएर रहेका महासंघसँग दुई लाख ९० हजार घरेलु तथा लघु उद्यमी आबद्ध छन् भने महिलाको सहभागिता बढाउन ५८ जिल्लामा महासंघको केन्द्रीय महिला उद्यमी कमिटीको सञ्जाल रहेको छ । रासस