आयल निगम घेराउ गर्दै नेविसंघ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आयल निगम घेराउ गर्दै नेविसंघ


८ असार २०७५, शुक्रबार


काठमाडौं – नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य सम्मानजनक रुपमा समायोजन नभएको भन्दै आन्दोलनका कार्यक्रम जारी राखेको छ।

बुधबार मूल्य बृद्धि विरुद्ध ७७ वटै जिल्लामा सडक बहस कार्यक्रम गरेको नेविसंघले आज दिउसो २ बजे आयल निगम घेराउ गर्दैछ। नेविसंघका अध्यक्ष नैनसिंह  महरले सरकारले मूल्य बृद्धि थोरै मात्र घटाउनु भन्दा बढाइएको पुरै महंगी तत्काल फिर्ता गर्नु पर्ने बताए। उनले मूल्य बृद्धि फिर्ता नभए आन्दोलनलाई झनै शसक्त पारिने बताए।

महंगी बढाउने काम तत्काल रोकी जनताको सेवामा लाग्न पनि उनले सरकारलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस