प्रहरी नायव निरीक्षकविरुद्ध आरोपपत्र « प्रशासन
prasaLogo
१६ श्रावण २०७८, शनिबार
   

प्रहरी नायव निरीक्षकविरुद्ध आरोपपत्र


७ असार २०७५, बिहिबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त दरबारमार्ग, काठमाडौँका प्रहरी नायब निरीक्षक वीरेन्द्रबहादुर ऐडीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो रु २४ हजार र सोहीबराबर जरिवाना माग दावीसहित आज विशेष अदालत काठमाडौंँमा आरोपपत्र दायर गरेको छ ।

अभियुक्त ऐडीले व्यवसाय सञ्चालन गरेवापत सेवाग्राहीसँग घुस र रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाका आधारमा आयोगको टोलीले उनलाई घुसवापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस