द्विपक्षीय सहयोग अभिवृद्धिसम्बन्धी १० वटा सम्झौता सम्पन्न « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

द्विपक्षीय सहयोग अभिवृद्धिसम्बन्धी १० वटा सम्झौता सम्पन्न


७ असार २०७५, बिहिबार


बेइजिङ । नेपाल र चीनबीच विभिन्न १० क्षेत्रमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने विषयमा आज सम्झौता सम्पन्न भएका छन् ।

यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ ।

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी ली खछ्याङबीच ग्रेट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माणलगायतका विषयमा सम्झौता भएको हो ।

तिब्बतको राजमार्ग उपयोग, ऊर्जा सहयोग, आर्थिक तथा प्राविधिक सहयोग, मानव संसाधनको विकास जस्ता विषयमा दुई मुलुकबीच सझमदारी कायम भएको बुझिएको छ । रासस

प्रतिक्रिया दिनुहोस