काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै


७ असार २०७५, बिहिबार


काठमाडौं । नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल थापाथली पु-याइएको थियो ।

अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका भट्टराईलाई हाल उच्च निगरानीमा राखिएको छ । सिटी स्क्यान रिपोर्ट आएपछि मात्र थप उपचारको प्रक्रिया अगाडि बढाइने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

स्नायु रोग विशेषज्ञ डा. राजीव झासहितको टोलीले उनको उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस