लागुऔषधविरुद्ध सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लागुऔषधविरुद्ध सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना


७ असार २०७५, बिहिबार


राजविराज । लागूऔषधविरुद्ध जानकारी एवं परामर्श दिने उद्देश्यले नेपाल–भारत सीमावर्ती क्षेत्र सप्तरीको तिलाठी कोइलाडीमा बुधबारदेखि हेल्प डेस्क राखिएको छ ।

तिलाठी कोइलाडी– १ तिलाठीस्थित कुनौली सिमानामा हेल्प डेस्क स्थापना गरिएको हो ।

सप्तरी युथ नेपाल र सवल नेपालले संयुक्तरुपमा राखेको हेल्प डेस्कको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उद्घाटन गरे।

लागुऔषधविरुद्धको दिवसको अवसर पारेर सप्तरीमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिँदैछ । सप्ताहव्यापी अभियानको हेल्प डेस्क राखेर उद्घाटन गरिएको छ ।

प्रजिअ पौडेलले भारतसँगको खुला सीमाका कारण सप्तरीमा लागुऔषध प्रयोगकर्ता बढिरहेको बताउँदै यसको नियन्त्रणका लागि हेल्प डेस्कले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले सप्तरीमा लागुऔषध प्रयोगकर्तालाई निरुत्साहित पार्न दैनिक प्रयास भइरहेको बताए ।

जिल्लामा लागुऔषध प्रयोग गर्नेको संख्या भयावह रहेको बताउँदै भारतसँगको खुला सिमानाका कारण त्यसलाई नियन्त्रण गर्न समस्या भइरहेको उनले बताए ।

त्यस्तै तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले निकट भविष्यमै लागुऔषधविरुद्ध बजेट विनियोजन गर्दै कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता गरे ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ, सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, सिमानामा भारतीयसँग लडेका देवनारायण यादव, सवल नेपालका अशोक साहसहितकाले मन्तव्य व्यक्त गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस