२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषधविरुद्ध सीमा क्षेत्रमा हेल्प डेस्क स्थापना

अ+ अ-

राजविराज । लागूऔषधविरुद्ध जानकारी एवं परामर्श दिने उद्देश्यले नेपाल–भारत सीमावर्ती क्षेत्र सप्तरीको तिलाठी कोइलाडीमा बुधबारदेखि हेल्प डेस्क राखिएको छ ।

तिलाठी कोइलाडी– १ तिलाठीस्थित कुनौली सिमानामा हेल्प डेस्क स्थापना गरिएको हो ।

सप्तरी युथ नेपाल र सवल नेपालले संयुक्तरुपमा राखेको हेल्प डेस्कको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले उद्घाटन गरे।

लागुऔषधविरुद्धको दिवसको अवसर पारेर सप्तरीमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरिँदैछ । सप्ताहव्यापी अभियानको हेल्प डेस्क राखेर उद्घाटन गरिएको छ ।

प्रजिअ पौडेलले भारतसँगको खुला सीमाका कारण सप्तरीमा लागुऔषध प्रयोगकर्ता बढिरहेको बताउँदै यसको नियन्त्रणका लागि हेल्प डेस्कले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले सप्तरीमा लागुऔषध प्रयोगकर्तालाई निरुत्साहित पार्न दैनिक प्रयास भइरहेको बताए ।

जिल्लामा लागुऔषध प्रयोग गर्नेको संख्या भयावह रहेको बताउँदै भारतसँगको खुला सिमानाका कारण त्यसलाई नियन्त्रण गर्न समस्या भइरहेको उनले बताए ।

त्यस्तै तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले निकट भविष्यमै लागुऔषधविरुद्ध बजेट विनियोजन गर्दै कार्यक्रमलाई अगाडि बढाउने प्रतिबद्धता गरे ।

कार्यक्रममा गैरसरकारी संस्था महासंघ, सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, सिमानामा भारतीयसँग लडेका देवनारायण यादव, सवल नेपालका अशोक साहसहितकाले मन्तव्य व्यक्त गरेका थिए । रासस