प्रहरी र जनप्रतिनिधिबीच छलफल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रहरी र जनप्रतिनिधिबीच छलफल


७ असार २०७५, बिहिबार


काठमाडौं । जिल्ला प्रहरी कार्यालय, पर्साले जिल्लास्थित स्थानीय निकायका प्रतिनिधिसँग अन्तक्र्रिया गरेको छ । स्थानीय तह र प्रहरीबीच सहकार्य तथा समन्वय गरी सामञ्जस्ता कायम गर्न छलफल आयोजना गरिएको जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा जिल्लास्थित स्थानीय तहका प्रमुख तथा उपप्रमुख, मातहतका प्रहरी निकायको उपस्थिति रहेको थियो ।

सार्वजनिक सम्पत्तिहरूको सुरक्षा तथा संरक्षण, सभा समारोह, परम्परा तथा जात्रा चाडपर्वको सुरक्षा व्यवस्थापन, सवारी साधनको पार्किङ व्यवस्थापन, विपद व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण (घटनास्थल सुरक्षा, मुचुल्का तयारी, म्याद तामेली, सुरक्षा सचेतना आदि), मदिरा तथा लागूपदार्थ नियन्त्रणबारे छलफल गरिएको थियो ।

यस्तै, सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने गराउने, बेवारिस वा असहाय व्यक्तिहरुलाई औषधी उपचार, असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाहसंस्कार, कुटपिट, झैझगडा तथा अन्य विवादहरुको मेलमिलाप, विभिन्न समुदायबिच सामाजिक सदभाव र सौहर्दता कायम राख्ने र ज्येष्ठ नागरिक, अपाङ्गता तथा अशक्त व्यक्ति, सडक बालबालिका, अनाथ, मानसिक असन्तुलन भएका व्यक्तिहरूको व्यवस्थापन बारे छलफल गरिएको प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस