राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रिय वाणिज्य बैंकको लिखित परीक्षाको नतिजा सार्वजनिक (सूचीसहित)


७ असार २०७५, बिहिबार


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदहरूमा लिएको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको छ । बैंकले वरिष्ठ सहायक, वरिष्ठ सहायक (कम्प्युटर अपरेटर) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षा लोकसेवा आयोगले सञ्चालन गरेको हो ।

वरिष्ठ सहायक (नगद) मा ३० सिटका लागि दरखास्त आह्वान भएकोमा एक सय २० जना लिखित परीक्षामा सफल भएका छन् । यो पदका लागि खुला, महिला, आदिबासी, मधेसी कोटामा दरखास्त आह्वान गरिएको थियो ।

६ सिटका लागि दरखास्त आह्वान गरिएको वरिष्ठ सहायक (कम्प्युटर अपरेटर) मा आठ जना मात्रै उत्तीर्ण भएका छन् । यो पदमा खुलामा चार, महिलामा एक र दलितमा १ सिटका लागि दरखास्त आह्वान गरिएको थियो । तर, दलित कोटामा भने कोही पनि उत्तीर्ण हुन सकेनन् ।

लिखित परीक्षाको नतिजामा सफल भएका परीक्षार्थीको अन्तर्वार्ता असार २८ देखि ३१ गतेसम्म हुने बैंकले जनाएको छ ।
हेर्नुस् सूची :

Tags :
प्रतिक्रिया दिनुहोस