सुन तस्करी प्रकरण : व्यापारी विमल पोदार पक्राउ « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सुन तस्करी प्रकरण : व्यापारी विमल पोदार पक्राउ


६ असार २०७५, बुधबार


काठमाडौं । संगठित सुन तस्करीको अनुसन्धान गर्न गठित विशेष समितिले व्यापारी विमल पोदारलाई पक्राउ गरेको छ । उनलाई मंगलबार साँझ डिल्लीबजार क्षेत्रबाट पक्राउ गरिएको हो ।

पोदारको गृह मन्त्रालयमा बयान लिइरहेको प्रहरी स्रोतले जनाएको छ ।

समितिले संगठित सुन तस्करीको अनुसन्धानकै सिलसिलामा झण्डै ४० जनाविरुद्ध संगठित अपराध, हत्या तथा तस्करीको अभियोगमा मुद्दा चलाइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस