२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबल प्रतिपक्षका लागि सशक्त नेृतत्व

अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका युवा नेताहरुले सबल प्रतिपक्षका लागि पार्टीमा सशक्त नेतृत्वको खाँचो रहेको औँल्याएका छन् ।

मंगलबारदेखि मलवानपुरको हेटौंडामा शुरु भएको काँग्रेसका जिल्ला सभापतिको भेलामा सात युवा नेताहरुले आफ्नो संयुक्त लिखित धारणासहित वर्तमान शैली, नेतृत्व र वैचारिक अलमलबाट सशक्त प्रतिपक्षीय भूमिका निर्वाह हुन नसक्ने बताएका हुन् ।

काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, गगनकुमार थापा, जीवन परियार, गुरूराज घिमिरे, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले अब काँग्रेसको नयाँ मिसन तय गर्दै नयाँ युगका लागि नयाँ एजेण्डा बोकेर हिँड्न सक्ने गरी संगठनको खाका कोर्न जरुरी भएको र त्यस्तो एजेण्डा बोक्न सक्ने नेतृत्वको आवश्यकता औँल्याए ।

अहिलेको कम्युनिष्ट शक्तिसँग प्रतिस्पर्धा गर्ने र हिजोकोभन्दा पनि बलियो तथा जनमुखी संगठनका रुपमा काँग्रेसलाई डो¥याउने नेतृत्व चाहिएको बताउने उनीहरुको लिखित प्रस्तावमा ‘यसका लागि काँग्रेस स्वयं रुपान्तरित हुनुपर्ने र यी सबको जग हाल्ने कामका लागि महासमिति बैठक सबैभन्दा उपयुक्त स्थान हो’ उल्लेख थियो ।

काँग्रेसले उठाएको विचार र राजनीतिक सोच राष्ट्रिय राजनीतिमा प्रभाबकारी हुँदा पनि पार्टी स्वयंले भने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा किन जित्न सकिएन भन्ने गम्भीर प्रश्न खडा भएको उल्लेख गर्दै उनीहरुले यसको समीक्षाका लागि प्रजातन्त्र पुनःस्थापनापछि अहिलेसम्म काँग्रेस कहाँ चुक्यो त्यसको लेखाजोखा गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

लिखित प्रस्तावमा राष्ट्रिय राजनीतिमा कम्युनिष्ट सरकारले देखाएको संविधान र लोकतन्त्र विरोधी रवैयाको सशक्त मुकाविला र खबरदारीका लागि तथा लोकतन्त्र र संघीयताको सफल कार्यान्वयनका लागि काँग्रेस रक्षाकबच बन्नुपर्ने उल्लेख गरिएको थियो ।

केन्द्र तथा सबै प्रदेशमा रचनात्मकरुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने र पार्टीलाई संविधानले मार्गनिर्देश गरेअनुरुप तत्काल संघीय प्रणालीमा पार्टीको पुनःसंरचना गर्नुपर्ने सुझाव दिइएको थियो ।

पार्टीलाई नयाँ स्वरूप दिनका लागि छलफल गर्दै गर्दा वैचारिक, सांगठनिक र नेतृत्वका बारेमा पनि थप छलफल हुनुपर्ने र विधानअनुसार नियमितरुपमा पनि अर्को साल फागुनमा पार्टीको १४औँ महाधिवेशन गर्नुपर्नेमा जोड दिइएको थियो ।

काँग्रेस केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुसार जिल्ला सभापतिको यो भेला भएको हो । जिल्ला सभापति भेला एवं ग्राम र नगरपालिका तहसम्मको पार्टीको सांगठनिक संरचना तथा भातृ र शुभेच्छुक संस्थामार्फत सुझाव बमोजिम पार्टीको विधानमा परिमार्जन एवं संशोधनलगायतको तयारी गरी आगामी भदौमा काँग्रेस महासमितिको बैठक बस्ने जनाइएको छ । रासस