२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गंगामायाको माग सम्बोधन गर्न एम्नेस्टीको माग

अ+ अ-

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बसेकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गरेको छ ।

एम्नेस्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष राजन कुँइकेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गरी गंगामायालगायत नेपालको द्वन्द्वकालीन अपराधका पीडितलाई न्याय दिन माग गरेको हो ।

विज्ञप्तिमा ‘सशस्त्र द्वन्द्वका क्रममा भएका अपराधका पीडितका लागि न्यायको आवाज उठाइरहेका नेपालका पीडित समूह, नागरिक समाज संगठन र राष्ट्रिय मानवअधिकार आयोगप्रति एम्नेस्टी इन्टरनेशनल नेपाल ऐक्यबद्धता व्यक्त गर्दछ ।’

गंगामायाले दोस्रोपटक भोक हडताल थालेको आज २२ दिन बितिसक्दा पनि नेपाल सरकारबाट उक्त अनशनको कुनै सम्बोधन नभएको भन्दै एम्नेस्टी इन्टरनेशनलले गहिरो चिन्ता व्यक्त गरेको छ । न्यायको आवाजप्रतिको सरकारको चरम उदासीनताका कारण ३२९ दिनको आमरण अनशनपछि गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको दुःखद् निधन भएको थियो ।

सशस्त्र द्वन्द्वका क्रममा अन्यायमा परेका पीडितलाई चाँडो न्याय प्रदान गर्न सरकारले महत्वपूर्ण भूमिका खेल्नुपर्ने समेत एम्नेस्टी इन्टरनेशनलको माग गरेको छ । रासस