२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संघीयता सफल बनाउनु अहिलेको आवश्यकता : मुख्यमन्त्री राई

अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई संघीयता हाम्रो मुलुकका लागि पहिलो अभ्यास भएकाले यसलाई सफल बनाउनु अहिलेको आवश्यकता रहेको बताएका छन् ।

निर्वाचन आयोग नेपालद्वारा आज विराटनगरमा आयोजित प्रदेश नं १ निर्वाचनको समीक्षा कार्यक्रमको उद्घाटन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न निर्वाचन प्रणाली अपरिहार्य छ भने ।

उनले सिंहदरबारको अधिकार जनताको घरदैलोमा पु-याउने संघीय प्रणालीमा जनताको शान्ति सुरक्षा र समृद्धिप्रति आशा जागेको भन्दै संघीयता कार्यान्वयनमा आ–आफ्नो तहबाट महत्वपूर्ण भूमिका निर्वाह गर्न सबैसँग आग्रह गरे ।

मुख्यमन्त्री राईले विगतको निर्वाचनबाट पाठ सिकेर आउने निर्वाचनलाई शान्तिपूर्ण, भयरहित, स्वच्छ र पारदर्शी बनाउन कार्यक्रममा सहभागीको अमूल्य सुझाव आउने आशा राखेका छन् ।

प्रदेश नं. १ का मुख्यसचिव सुरेश प्रधानले लोकतन्त्र बलियो बनाउन निर्वाचन प्रणालीलाई अझ सरल, सहज एवं व्यवस्थित र विश्वासिलो बनाउन सहभागीको सुझाव अमूल्य रहने विश्वास व्यक्त गरे ।

निर्वाचन आयुक्त नरेन्द्र दाहालको अध्यक्षतामा भएको सो कार्यक्रममा निर्वाचन क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख प्रेम सञ्जेल र निर्वाचन आयोगका उपसचिव महेन्द्र भट्टराईले पनि बोेलेका थिए ।

निर्वाचनलाई उत्कृष्ट बनाउन, नीतिगत र व्यवस्थागत बनाउन सुझाव लिने उद्देश्यले आयोजित सो दुईदिने कार्यक्रममा प्रदेश नं १ का सबै जिल्लाका प्रमुख निर्वाचत अधिकृत एवं न्यायाधीशहरु, जिल्ला निर्वाचन अधिकारी, सुरक्षाकर्मी, प्रदेशसभाका सदस्य एवं सञ्चारकर्मी गरी करिब ७० जनाको सहभागिता छ । रासस