३३ थान गोलिया काठ बरामद « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

३३ थान गोलिया काठ बरामद


५ असार २०७५, मंगलबार


बाँके । बाँके जिल्लाको खजुरामा लुकाइछिपाइ राखेको अवस्थामा सालको ३३ गोलिया काठ बरामद गरिएको छ।

जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी इकाइ कार्यालयले गएराति गरेको संयुक्त छानबिनमा सो काठ बरामद गरेको हो । खजुरा गाउँपालिका वडा नं १ वीरपुरमा इन्द्र मल्लको बगैँचामा लुकाइछिपाइ राखेको भन्ने विशेष सूचनाको आधारमा खोजी गर्दा ती काठ बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद भएको काठ करिब २२० देखि २३० क्युफिटका ३३ थान गोलिया काठ छन् । काठको बरामदी मुचुल्कासहित कारबाहीका लागि जिल्ला वन कार्यालयलाई जिम्मा लगाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस