२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

अ+ अ-

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ । पित्त नलीको क्यान्सरबाट ग्रसित देवकोटाको सोमबार साँझ बाँसबारीस्थित न्युरो अस्पतालमा ५ः३५ बजे निधन भएको हो ।

उनले स्थापना गरेको बाँसबारी न्युरो अस्पतालले उनको निधन भएको पुष्टि गर्दै विज्ञप्ति जारी गरेको छ ।

२०१० साल पौष ४ गते पण्डित गाउँ, लिगलिग गोर्खामा जन्मिएका देवकोटाको ६५ वर्षको उमेरमा निधन भएको हो ।

विगत केही समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित डा. देवकोटा बेलायतस्थित किंग्स अस्पतालमा ६ महिना उपचार गरेर गत वैशाख १५ गते नेपाल फर्किएका थिए। बेलायतमा उपचार गराईरहेका डा‍. देवकोटा निको नहुने भएपछि आफ्नै देशमा प्राण त्याग गर्ने चाहना अनुसार नेपाल फर्किएका थिए ।
नेपालमा न्यूरो सर्जरी सेवालाई विस्तार र विकास गर्न महत्वपूर्ण योगदान गरेका डा. देवकोटले स्वास्थ्य मन्त्री हुँदा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नेम्सको स्थापना गरेका थिए।

डा.देवकोटाको सव मंगलबार बिहान ८ बजेदेखि १ बजेसम्म न्युरो अस्पताल प्राङ्गणमा राखिने र त्यसपछि दाहसस्कारका लागि पशुपति आर्यघाट लगिने बताइएको छ । देवकोटाका एक श्रीमती र तीन छोरी छन् ।