अब देशका तीन स्थानमा सेनाको हेलिकोप्टरसहित विपद् उद्दार टोली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

अब देशका तीन स्थानमा सेनाको हेलिकोप्टरसहित विपद् उद्दार टोली


४ असार २०७५, सोमबार


नेपाली सेना

काठमाडौं । सरकारले विपद् व्यवस्थापनका लागि मुलुकका तीन स्थानमा हेलिकोप्टरसहित नेपाली सेनाको विपद् उद्दार टोली राख्ने तयारी गरेको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकबाट प्रदेश नं. १, ४ र कर्णालीमा उद्दार टोली तयारी अवस्थामा राख्ने निर्णय गरिएको बताइएको छ ।

विपद्को समयमा ठुलो धनजनको क्षति नहोस्, तत्काल टोलीलाई परिचालन गर्न सकियोस भन्ने उद्दश्यका साथ नेपाली सेनाको नेतृत्वमा टोलि राखिने भएको हो ।

प्रतिक्रिया दिनुहोस