गाडीको ठक्करबाट एक जनाको मुत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गाडीको ठक्करबाट एक जनाको मुत्यु


४ असार २०७५, सोमबार


कपिलवस्तु । भारतीय नम्बर प्लेटको गाडीको ठक्करबाट यशोधरा गाउँपालिकामा एक जनाको मुत्यु भएको छ ।

तौलिहवा मर्यादपुर सडक खण्डको बैदौलीमा आज बिहान युपी ५६ ७२४० नं को म्याजिक गाडीको ठक्करबाट स्थानीयवासी ५५ वर्षीय अयोध्याप्रसाद चौधरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए ।

गाडीको ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको थियो । गाडी चालक प्रहरी नियन्त्रणमा रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस