२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नारायणगढ–मुग्लिन सडकमा दुर्घटना रोक्न अभियान

अ+ अ-

चितवन । नारायणगढ–मुग्लिन सडकमा सम्भावित दुर्घटना रोक्न प्रहरीले कारवाही अभियान थालेको छ । सवारी चालकले तीव्र गतिमा सवारी चलाउने र ओभरटेक गर्न थालेपछि प्रहरीले कारवाही अभियान थालेको हो ।

तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेपछि गति मापन यन्त्र ‘राडार गन’ प्रयोग गरेर कारबाही अभियान थालिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिए ।

उनका अनुसार आइतबार प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको नेतृत्वमा गएको टोलीले स्थलगत अनुगमनसमेत गरेको थियो । सो क्रममा तीव्र गतिमा सवारी चलाउने, मापसे गरेर चलाउने र ओभरटेक गर्ने ३५ चालकलाई नियन्त्रणमा लिइएको थियो ।

सडकखण्डका विभिन्न ठाउँमा सवारीको चेकजाँचका लागि प्रहरी खटाइएको उनले बताए ।

‘टाइम कार्ड’ लागू गर्ने तयारी
जिल्ला ट्राफिक प्रहरी कार्यालयले नारायणगढ–मुग्लिन सडकखण्डमा ‘टाइम कार्ड’ लागू गर्ने तयारी थालेको छ । यसले दुर्घटना न्यूनीकरण हुने प्रहरीको ठम्याई छ ।

सडक चौडा भएसँगै चालकले तीव्र गतिमा सवारी चलाउने गरेको ट्राफिक प्रहरी बताउँछन् । तीव्र गतिकै कारण आइतबार एउटा मोटरसाइकल पुलको रेलिङमा ठोक्किँदा दुईजनाको मृत्यु भएको थियो ।