२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीको चीन भ्रमण : आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले दुई देशको पारस्परिक सम्बन्ध थप प्रगाढ बनाउँदै देशको आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास लिइएको छ ।

चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा आगामी मंगलबार हुन लागेको प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा पर्यटन एवं आर्थिक क्षेत्रमा विविध विषयमा समझदारी हुनेछ ।

प्रधानमन्त्रीको उपस्थितिमा आज भ्रमण टोलीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले चीन भ्रमणलाई उपलब्धिमूलक र दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “हिमालयन वारपार रेल्वेसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ, यो सबैभन्दा महत्वपूर्ण पहल हो, जसले पारस्परिक सहयोगका क्षेत्रमा नयाँ युगको शुरुआत गर्नेछ ।

भ्रमणको तयारीबारे जानकारी दिँदै उनले देश राजनीतिक स्थायित्वमा गएको र अबको यात्रा आर्थिक विषयमा केन्द्रीत भएकाले प्रधानमन्त्रीको भ्रमणलाई पनि सोहीअनुरुप तयार गरिएको बताए ।

प्रधानमन्त्रीको यसपटकको भ्रमणले दुई देशबीचका परम्परागत सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भने, “प्रधानमन्त्री ओलीको अघिल्लो पटकको भ्रमणमा भएका सम्झौतालाई पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अगाडि बढाउनुभएको र ती सम्झौता कार्यान्वयनमा लैजाने विषयमा विचार विमर्श हुनेछ ।”

उनले भ्रमणका अवसरमा कोशी आर्थिक करिडोर, गण्डकी आर्थिक करिडोर र कर्णाली आर्थिक करिडोरका सम्बन्धमा भएका घोषणालाई सम्झौतामा रुपान्तरण गरिने जानकारी दिए ।

परराष्ट्रमन्त्रीका अनुसार प्रधानमन्त्रीको भ्रमणका बेला चीनको स्वशासित क्षेत्र (तिब्बत) को राजमार्ग खाद्यान्न ढुवानीका निम्ति आठवटा सीमा नाका खोल्नेसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर हुनुका साथै केरुङ–काठमाडौं रेलमार्ग निर्माण, दुई देशका परराष्ट्र मन्त्रालयबीच संयन्त्र स्थापना, रसुवाको केरुङ र सिन्धुपाल्चोकको तातोपानीमा ‘नेपाल–चीन मैत्री पुल’ निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।

तिब्बतबाट खाद्यान्न ढुवानी गर्ने तथा नेपालबाट तिब्बततर्फ मालसामान निर्यात गर्ने प्रयोजनका निम्ति बझाङको उरिपासमा दुई, रसुवागढी, दार्चुलाको तिंकरमा दुई, ताप्लेजुङको तिप्लापासमा दुईवटा र हुम्लाको हिल्सामा एक व्यापार नाका खुल्नेछन् ।

प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरू, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी सहभागी हुनुहुने छन्। । रासस