यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय


३ असार २०७५, आइतबार


काठमाडौं । पाँच महत्वपूर्ण निर्णय गर्दै मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । आइतबार सिंहदरबारमा बसेको बैठकले मुख्य पाँच निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

यस्ता छन् बैठकका निर्णयहरुः

– नेपालको परराष्ट्र मन्त्रालय र चीनको परराष्ट्र मन्त्रालयका बीच नेपालमा चिनियाँ सहयोगका कार्यक्रम र परियोजनाहरुको कार्यान्वयनमा सहजीकरण गर्नका लागि संयन्त्र स्थापना गर्ने सम्बन्धी समझदारीपत्रको मस्यौदा स्वीकृत गर्ने तथा हस्ताक्षर गर्न स्वीकृति प्रदान गर्ने लेखा परीक्षण विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने।

– नेपाल खानेपानी संस्थानका दस जना बोर्ड सदस्यहरुको संख्या घटाएर १९ बाट ९ बनाउने।

– सूचना प्रविधि तथा सार्वजनिक सेवा प्रसारणसम्बन्धी नयाँ विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने।

– उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगा र वीरगन्जको दरबन्दी स्वीकृत गर्ने।

– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, राजस्व अनुसन्धान विभागहरुको संगठन संरचना स्वीकृत गर्ने।

प्रतिक्रिया दिनुहोस