२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘रेडजोन’मा देउवा

अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसनिकट मजदुर संगठन नेपाल ट्रेड युनियनको शनिबार सम्पन्न निर्वाचनमा संस्थापनइतरको प्यानल विजयी भयो । पार्टीको सबैभन्दा ठूलो भातृ संगठनको निर्वाचनमा सभापति शेरबहादुर देउवा समूहले ‘लज्जास्पद’ पराजय भोगेपछि कांग्रेस वृत्तमा हलचल नै मच्चियो ।

ट्रेड युनियन मात्र होइन, भातृ संगठनका निर्वाचनमा देउवा पक्षले लगातार पराजयको सामना गरिरहेका छन् । यसअघि पनि शिक्षक, कर्मचारी र इन्जिनियर संगठनमा पनि देउवा पक्ष पराजित बनेको थियो ।

पार्टीभित्र देउवाको लोकप्रियता घट्दा भातृ संगठनका निर्वाचनमा देउवा पक्षले हार बेहोर्नुपरेको एक नेता बताउँछन् ।

अहिले कांग्रेश वृत्तमै चर्चा चल्ने गरेको छ– कतै सभापति देउवा ‘रेड जोन’मा परेका त छैनन् ?

पछिल्लो महाधिवेशनमा देउवालाई साथ दिएको सिटौला पक्ष अहिले रामचन्द्र पौडेलतिर लागेका छन् । ट्रेड युनियनको निर्वाचन पनि यसैको उदाहरण हो । निर्वाचनमा रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष एक ठाउँमा उभिँदा देउवा समूह कमजोर देखिएको हो ।

महाधिवेशनमा देउवालाई सघाएका केही प्रभावशाली नेता पनि अहिले पौडेल गुटमा लागेका छन् । गत महाधिवेशनमा देउवासँगै रहेका अर्जुननरसिंह केसी, केबी गुरुङ, चन्द्र भण्डारीलगायतले देउवाको साथ छाडेका छन् ।

केसी गत महाधिवेशनमा देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए भने गुरुङ देउवाको प्रस्तावक ।

‘देउवाबाट कांग्रेसको अस्तित्व सकिन्छ भनेर पौडेल पक्षतिर सहकार्य गरेका हौं,’ कृष्ण सिटौला पक्षका एक नेताले भने ।

तीन वटै तहका चुनावमा पार्टी पराजित भए पनि सभापति देउवाले यसको नैतिक जिम्मेवारी लिन मानेका छैनन् । यसकै कारण कतिपय नेता उनीसँग रुष्ट भएका छन् । नेता चन्द्र भण्डारीले देउवाको साथ छाड्नुको पनि यही कारण रहेको बताइन्छ ।

यो पनि देउवा पार्टीभित्र ‘अलोकप्रिय’ बन्नुको एक कारण रहेको कतिपय नेताहरू बताउँछन् । देउवा आफूपछि पत्नी आरजू र छोरा जयविरलाई तयार पार्ने खेलमा लागेकाले कांग्रेस जोगाउन विगतमा कोइराला परिवारलाई सघाएकाहरू एकजुट भएको कतिपयको बुझाइ छ ।

देउवाले भदौमा हुने महासमिति बैठकबाट आफू थप अधिकार लिने र महाधिवेशन तीन वर्षपछि धकल्ने बहुमत महासमिति सदस्यको हस्ताक्षर संकलन गर्ने रणनीति बनाएका छन् । तर, संस्थापनइतर समूह देउवाको रणनीति विफल पार्न लागेको छ । पौडेल–सिटौला पक्ष पनि महासमितिमा बहुमत बनाएर अग्रिम महाधिवेशनमा लैजान चाहान्छ ।