२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गंगामायाको जीवनरक्षाका लागि धर्ना

अ+ अ-

काठमाडौं । गंगामाया बचाऊ अभियानले द्वन्द्वकालमा मारिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको आरोपीलाई कारबाहीको माग गर्दै आमरण अनसनरत गंगामायाको जीवनरक्षाका लागि धर्ना दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सो अभियानले आज अनसनरत गंगामायाको जीवनरक्षा गर्नुपर्ने, अदालतको फैसलाको तत्काल कार्यान्वयन गर्नुपर्ने र सम्पूर्ण द्वन्द्वपीडितलाई न्याय दिलाउनुपर्ने माग गर्दै धर्ना दिएको हो ।

द्वन्द्वपीडित साझा चौतारीका संरक्षक सुमन अधिकारीले न्यायका लागि अनसनरत गंगामायाको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउन धर्ना बसेको जानकारी दिए ।

धर्नामा मानव अधिकारकर्मीहरु चरण प्रसार्इं, कनकमणि दीक्षित, प्राध्यापक संघका अध्यक्ष रामेश्वर अधिकारीलगायत मानव अधिकारकर्मीको उपस्थिति थियो ।

गोरखा फुजेलका गंगामायाका छोरा कृष्णप्रसादको द्वन्द्वकालमा चितवन बकुलहरमा २०६१ जेठ २४ गते गोली हानी हत्या गरिएको थियो ।

छोराको न्यायका लागि अनशन बस्दाबस्दै नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते निधन भएको थियो । उनको शव अहिले पनि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । रासस