नगदसहित ६ जुवाडे पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नगदसहित ६ जुवाडे पक्राउ


३ असार २०७५, आइतबार


pakrau

काठमाडौं । नगदसहित छ जना जुवाडे पक्राउ परेका छन् ।

महानगरीय प्रहरी प्रभागको टोलीले कोटेश्वरबाट जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको हो । नगद २ लाख ६९ हजार ६ सय ६५ रुपैया र भारु ६ सय सहित ६ जना पक्राउ गरिएको महानगरिय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

पक्राउ पर्नेमा कोटेश्वर ३२ का ४२ वर्षीय श्याम सुवेदी, ३२ वर्षका प्रकाश नेपाली, ४४ वर्षीय ओम श्रेष्ठ, ४२ वर्षीय देवेन्द्र खड्का, ५० वर्षीय महमद कफिर र झापाका ३८ वर्षीय नारायण गजमेर रहेका छन् ।

पक्राउ परेका सबैलाई नियन्त्रणमा लिइ महानगरिय प्रहरि वृत्त बानेश्वरमा अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस