सेजमा चाहिएजति विजुली दिन्छौं : कुलमान घिसिङ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सेजमा चाहिएजति विजुली दिन्छौं : कुलमान घिसिङ


३ असार २०७५, आइतबार


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विशेष आर्थिक क्षेत्र (सेज) मा चाहिएजति विजुली दिने घोषणा गरेको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विशेष आर्थिक क्षेत्रमा चाहेजति नै विद्युत उपलब्ध गराउने घोषणा गरेका हुन् ।

आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले विशेष आर्थिक क्षेत्रका लागि ६ महिनाअघि नै साविकको उद्योग मन्त्रालयमा आवश्यक विद्युत उपलब्ध गराउने लिखित प्रतिवद्धता व्यक्त गरेको बताए

सरकारले घोषणा गरेका सबै विशेष आर्थिक क्षेत्रमा विद्युत उपलब्ध गराउन आवश्यक सव स्टनेशनहरुको व्यवस्था गरिसकेको नेपाल विद्युत प्राधिकरणको दावी छ ।

प्रतिक्रिया दिनुहोस