प्रहरी अभियानबारे छलफल « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रहरी अभियानबारे छलफल


३ असार २०७५, आइतबार


काठमाडौं । प्रहरीले ‘टोलटोलमा प्रहरी’ अभियानको कार्ययोजनाबारे छलफल गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले अभियान कार्यान्वयन गर्न मातहतका कार्यालयसँग छलफल गरेको हो ।

छलफलमा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, सामुदायिक प्रहरी सेवा केन्द्र छप्कैया, सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजार, सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोल र सामुदायिक प्रहरी सेवा केन्द्र मुर्लीका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

तत्कालीन गृहमन्त्री जनार्दन शर्माले गत असोज ६ गते अभियान सुरु गरेका थिए । प्रहरी र जनताबीच सुमधुर सम्बन्ध बनाई अपराधको दर घटाउन अभियान थालिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस