२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सम्झनामा असार

अ+ अ-

हे ! काले, धउले, तिले र कपरा, फुर्के, तिखे, झाल्लरे ।
हाम्रो पेट निमित्त जोतिन पुग्यौ, सम्मान तिम्रो गरें ।
तिर्छौ जीवनमा खुरुक्क नुनको, सोझो भएरै ऋण ।
मान्छेमा बरु भाव शून्य हुन गो, खाएर तिर्ने गुण ।।

जोत्दा खेत रमाइला समयका, छन् सम्झना झल्झली।
मौनो ओडि हिलाम्य खेत थलमा खान्थ्यौं सधैं पोटली ।
चोतो साग, भुजो र आलु, लिउडो, उन्माद मीठाहरू।
पाक्लान् लाउन बाबरै र हलुवा, टाढा भए के गरूं ।।

बैजू देवरबीच खेलन हिलो, ठट्टा चलेको छ कि ?
ठट्टामै अति भै कतै हृदयमा, आगो जलेको छ कि ?
कस्तो मीष्ठ कला, अचम्म झगडा, आत्मीयता प्रीतको ।
माया लाग्दछ डेउडा वचनको, घन्काउने गीतको ।।

खेती गर्न बुवा निरन्तर जुटे, सोच्दै नयाँ योजना ।
थप्दै जीवनमा चिटिक्क इचला, सौन्दर्यको चेतना ।।
ए १ भैया, कसुले विचार गर है, चाहिन्छ पानी कति ?
लाऊ ज्ञान विवेक, ध्यान श्रममा, तिम्रो जवानी जति ।।

रोप्दारी पदमा दिदी र बहिनी, काकी बियारी बनून् ।
पेशा उत्तम हो, सगौरव सधैं, मेरी पियारी भनून् ।।
आमा सिद्धि सुनाउदै र फुरुडी, बांड्दै रहून् खेतमा ।
ल्याऊन् हर्ष, असार सार रहदा, मंसीरमा सिर्जना।

रोप्छन् सार, असार, हार गहना, छोप्छन् धराका गरा,
मेरो सान,किसान दान, पसिना गर्छन् र पार्छन् हरा,
पैंचो पर्म र कर्म-मर्मतिरको, लाई मितेरी(मित,
कामैभित्र तमाम राम रहदा, उल्लास सञ्चारित ।

भोको पेट अघाउने र मनमा सन्तोष सिर्जाउने ।
फल्छन् अन्न र धन्न टन्न प्रतिभा बांच्ने कला पाउने ।
नेता, हाकिम, देशका सब बुझून्, खोली दुबै लोचन
धानै रोप्नु रुपाइमात्र नभई, हो प्राणको रोपण ।