२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बस दुर्घटनामा एकको मृत्यु, सात घाइते

अ+ अ-

तनहुँ । तनहुँको साराङ्घाटबाट दमौलीतर्फ आउँदै गरेको बस व्यासनगरपालिका–१४ स्थित सुडेको पुल नजिक आजर दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी तीन गम्भीरसहित सातजना घाइते भएका छन् ।

ग१ख ३७०१ नं.को बस बुद्धसिं मार्गअन्तर्गतको पक्की सडकबाट करीब २० मिटर तल सेती नदी किनारमा खस्दा देवघाट गाउँपालिका–२ वैदीका ५० वर्षीय दानबहादुर ठकुरीको मृत्यु भएको हो । उनको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गम्भीर घाइते भएका सल्यान जिल्ला त्रिवेणी गाउँपालिका–५ का १६ वर्षीय चूडामणि घर्ती, सोही स्थानका ३० वर्षीय नरबहादुर रोका र शुक्लागण्डकी नगरपालिका वडा नं. १० निवासी २५ वर्षीया दिलमाया आलेलाई दमौली अस्पतालमा सामान्य उपचारपश्चात् पोखराको मणिपाल अस्पतालमा सिफारिस गरी पठाएको छ । अन्य चार घाइतेको दमौली अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस