विश्वकपमा बिरालोको भविष्यवाणी मिल्यो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विश्वकपमा बिरालोको भविष्यवाणी मिल्यो


१ असार २०७५, शुक्रबार


काठमाडौं । विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा अकिलिस नामक बिरालोले गरेको भविष्यवाणी मिलेको छ । बिहीबार आयोजक रसिया र साउदी अरेबियाबीच खेल भएको थियो । उक्त खेल रसियाले ५–० ले जितेको थियो ।

खेल सुरु हुनुअघि नै अकिलिस नामक बिरालोले रसियाले खेल जित्ने भविष्यवाणी गरेको थियो । भविष्यवाणीका लागि बिरालाको अघि दुई प्लेटमा उसलाई मनपर्ने खानेकुरा राखिएको थियो । एउटा प्लेटसँगै साउदी अरेबिया र अर्काे प्लेटसँगै रसियाको झन्डा राखिएको थियो । त्यसपछि टेबलमा राखिएको अकिलिसले दुवै तर्फका प्लेट केहीबेर हेर्याे । अन्त्यमा रुसी झन्डासँगैको प्लेटमा रहेको खानेकुरा खायो ।

विश्वकपमा जनावरहरूबाट भविष्यवाणी गर्ने प्रचलन सन् २०१० देखि सुरु भएको हो । सन् २०१० को विश्वकपमा अक्टोपस पलले भविष्यवाणी गरेको थियो ।

यसअघि अकिलिस बिरालोले रुसमै भएको कन्फेडेरेसन कपमा तीनचौथाइ भविष्यवाणी सही मिलाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस