जम्मु कश्मीरमा पत्रकारको गोली हानी हत्या « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जम्मु कश्मीरमा पत्रकारको गोली हानी हत्या


१ असार २०७५, शुक्रबार


भारतको जम्मु कश्मीरमा ‘राइजिङ कश्मीर’ का सम्पादक सुजात बुखारीको गोली हानी हत्या भएको छ । बिबिसीका अनुसार राजधानी श्रीनगरमा बिहीबार सम्पादक बुखारीको गोली हानी हत्या भएको हो ।

प्रहरी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएअनुसार ४८ वर्षका बुखारी श्रीनगरको लालचोक सिटी सेन्टरबाट पार्टीमा जाँदै गर्दा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । मोटरसाइकलमा आएका

आक्रमणकारीले सम्पादक बुखारीमाथि अन्धाधुन्द गोली हानेको बिबिसीले जनाएको छ । गोली प्रहारबाट उनका निजी सुरक्षाकर्मीले समेत ज्यान गुमाएका छन् ।

अहिलेसम्म हत्याको जिम्मा कसैले नलिए पनि कश्मीर प्रहरीले संदिग्ध हमलाकारीको तस्बिर सार्वजनिक गरेको छ ।

यसैबीच जम्मु कश्मीरका मुख्यमन्त्री महबूबा मुफ्तीले बुखारीको हत्यामा शोक व्यक्त गरेकी छन् ।

यसअघि सन् २००० मा पनि उनीको हत्या प्रयास गरिएको थियो । त्यसपछि सरकारले उनको सुरक्षामा प्रहरी खटाएको थियो ।

उनी कश्मीरमा शान्ति स्थापना गर्न लामो समयदेखि सक्रिय रहँदै आएका थिए । शान्ति र सुरक्षालगायत कार्यक्रममा सधै सहभागी हुने गरेका थिए ।

हत्याअघि उनले बिहीबार नै गरेको अन्तिम ट्विटमा लेखेका थिए, ‘कश्मीरमा हामीले गर्वका साथ पत्रकारिता गरिरहेका छौं, यहाँ जे पनि भइरहेको ती सबै जनताका अगाडि ल्याइरहनेछौं ।’

प्रतिक्रिया दिनुहोस