सात वटै प्रदेशमा पूर्ण बजेट सार्वजनिक हुँदै, कुन प्रदेशमा कति बजेट ? « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सात वटै प्रदेशमा पूर्ण बजेट सार्वजनिक हुँदै, कुन प्रदेशमा कति बजेट ?


१ असार २०७५, शुक्रबार


काठमाडौं । आज सातवटै प्रदेशको पूर्ण बजेट सार्वजनिक हुँदैछ । सातैै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छन् । सातवटै प्रदेशको जम्मा बजेट २ खर्ब ८ अर्ब रुपैयाँ रहेको छ ।

प्रदेश १ लाई संघीय बजेटले १९ अर्ब ८८ करोड ७० लाख रकम दिएको थियो। भने ३५ अर्ब बराबरको बजेट प्रदेश नम्बर १ ले सार्वजनिक गर्न लागेको हो।

प्रदेश २ लाई केन्द्र सरकारले १६ अर्ब १९ करोड को बजेट दिएको थियो भने २६ अर्बको बजेट सार्वजनिक गर्न लागेको छ ।

प्रदेश ३ लाई केन्द्र सरकारले दिएको बजेट १६ अर्ब ५८ करोड रुपैयाँहो भने ४२ अर्ब बढीको बजेट सार्वजनिक गर्ने भएको छ ।

प्रदेशका ४ लाई केन्द्र सरकारले १३ अर्ब रपैयाँ दिएको छ । आर्थिक मामिला मन्त्री किरण गुरूङले अपरान्ह ४ बजे प्रदेश सभा बैठकमा २६ अर्ब बराबरको बजेट प्रस्तुत गर्नेछन्।

प्रदेश ५ लाई केन्द्रले १६ अर्ब ५४ करोड दिएको छ। ३० अर्बको बजेट आज सार्वजनिक गरिने भएको छ ।

प्रदेश ६ ले २३ अर्ब बराबरको बजेट सार्वजनिक गर्ने तयारी गरेको छ भने केन्द्रले कर्णालीलाई १६ अर्ब ६९ करोड रुपैयाँ दिएको छ।

प्रदेश ७ ले २६ अर्बको बजेट बनाएको छ। केन्द्र सरकारले यो प्रदेशमा १४ अर्ब २५ करोडको बजेट दिएको छ।

प्रतिक्रिया दिनुहोस