२३ हजार घुससहित दुई कर्मचारी रंगेहात पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

२३ हजार घुससहित दुई कर्मचारी रंगेहात पक्राउ


३१ जेष्ठ २०७५, बिहिबार


रुकुम । घुससहित दुई कर्मचारीलाई रंगेहात गरिएको छ । जिल्ला वन कार्यालय रुकुममा कार्यरत सहायक वन अधिकृत रोहितकुमार शाह र कार्यालय ग्रामीण वित्त सहायक सन्दीप अिधकारी घुस सहित पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले उनीहरुलाई २३ हजार घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

जिल्ला वन अधिकृत नहुदाँ निमित्त कार्यालय प्रमुखको जिम्मेवारीसमेत सम्हालिरहेका शाह इलाका वन कार्यालय आठबिसकोटमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस